कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूमा बसेको गालीगलौजको संस्कृति अहिले कार्यकर्तामा सरेको छ — OSNepal

कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूमा बसेको गालीगलौजको संस्कृति अहिले कार्यकर्तामा सरेको छ

LC (KTM) June 15, 2022 0

काठमाडौं १ असार । नेकपा एमालेका स्थायी कमिटि सदस्य घनश्याम भुसालले गलत संस्कार र संस्कृति माथिबाटै सिकाइएको र खाँटी कार्यकर्ता बन्न तल प्रतिस्पर्धा हुँने गरेको बताएका छन् ।

बुधबार भुसालनिकट युवाहरूले वाम आन्दोलनको संकट र एकताबारे आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले गालीगलौजको संस्कृति बसाउँदै गएकाले त्यही रोग कार्यकर्तामा पनि सरेको भन्दै यस्तो बताएका हुन् ।

‘कमरेड प्रचण्डले एमालेको पत्तासाफ गर्छौं भन्नासाथ माओवादीका साथीहरू लाठी डण्डा लिएर उभिन्छन् । माधव नेपालले एमालेलाई धुला चटाउँछु भनेपछि एकीकृत समाजवादीका कार्यकर्ता केपी ओलीको पुत्ला बोकेर निस्कन्छन् । अनि केपी ओलीले माधव नेपालको नाम लिँदा कुल्ला गरेपछि कार्यकर्ताले बान्ता गर्नैपर्छ, त्यति नगरे योग्यता नै पुग्दैन ।’ नेता भुसालले भने ।

कम्युनिष्ट आन्दोलनभित्र विचार चिन्तन र अध्ययनको प्रवृत्ति कमजोर भएकोमा चिन्ता समेत व्यक्त गरेका छन् । पार्टीले उनलाई अध्यक्ष केपी शर्मा ओलीमाथि गरेको टिप्पणी आधारमा कारवाही समेत गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर