काठमाडौं १ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)मा सम्झौताका लागि नगरेको स्पष्ट पारेका छन् । बुधबार बसेको संसद बैठकमा मन्त्री बन्दीले अमेरिकाले प्रस्ताव नगरेकाले नेपालले पनि एसपीपी माग नगरेको स्पष्ट पारेका हुन् ।
नेपाल सरकारले कुनै पनि स्टेट पाटनरसिप प्रोग्राममा लागि इन्भाइट नगरेको बताएका उनले भने, ‘प्रस्ताव गरेको छैन् । प्रस्ताव राखेको छैन् । हामीकहाँ प्रस्ताव आएको पनि छैन् । यो कुरा गलत हो, झुटा हो । सरासर गलत हो । सरकारलाई बदनाम गराउने एउटा खेल मात्रै हो ।’
कहीँ कतै एसपीपीको प्रस्ताव नआएको दोहोर्याउँदै उनले हामीलाई बनको बाघले होइन मनको बाघले नखाओस् भनेका छन् ।