काठमाडौं १ असार । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को विषयमा टिप्पणी गरेका छन् ।
बुधबार कानुन मन्त्रालयका लागि विनियोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले जवाफ दिएपछि सांसद सुवालले प्रतिप्रश्न गर्दै एसपीपीमा अमेरिका सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने र बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने विषय उल्लेख गरिएको दावी गरेका हुन् ।
गाडीसँगै हजाइजहाज पनि ल्याउने भनिएको बताएका सुवालले भने, ‘देश विक्री भन्नुको अर्थ कसैले उठाएर लाने होइन । सरकारमा गएका पार्टी र नेताहरुलाई हातमा लिएर शासन गर्ने हो ।’
रुस पन्ध्र टुक्रामा विभाजित भएको विषय स्मरण गराउँदै सांसद सुवालले सत्तालोलुप नेताहरुकै कारण रुसमा पुजीँवादका पुनस्थापना भएको र देश पन्ध्र टुक्रा भएको किन हाम्रा देशका नेताहरुले बुझ पचाएका होलान् भनेका छन् ।