काठमाडौं १ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकिता माथि प्रश्न उठ्ने गरी सरकारले कुनैपनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोगाम ९एसपीपी०को विषयलाई लिएर चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग यस प्रकारको कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका हुन् ।
मुलुकको हितमा नहुने सम्झौता आफ्नो तर्फबाट कदापी नहुने बताएका देउवाको भनाई उद्धृत गर्दै नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने, ‘एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा हो । सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन । कसैले गर् भन्छ भनेपनि गर्दिनँ’ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफल देउवाले एसपीपी सम्झौताबारे सार्वजनिक भएका तथ्यहरूमा सत्यता नभएको बताएका बालुवाटार स्रोतले जनाएको छ ।
अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दवाव नदिएको स्पष्ट पारेका देउवाको भनाई उद्धृत गर्दै अध्यक्ष नेपालले भने, ‘हाम्रो परराष्ट्र नीतिमा कुनै विचलन हुन दिइने छैनौं । कसैको पक्षमा ढल्कने कुरा हुँदैन । हामी असलंग्न परराष्ट्रनीति छाड्दैनौ भनेर प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको छ’