काठमाडौ १ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालले अमेरिकासँग प्रस्तावित ‘स्टेट पार्टनरशीप प्रोग्राम’एसपीपी मा सहभागी भए नेपाल युक्रेनको अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा खनालले एसपीपीको विषयमा आफ्नो धारणा राख्दै एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने समेत बताएका थिए ।
यसले नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीनविरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको औंल्याएका पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले नेकपा एसले यो प्रस्तावलाई स्वीकार गर्न नहुने खनालले बताएका छन् ।
‘वास्तवमा एमसीसी अनुमोदन गर्ने बेलामा नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्च।गर्नेछन भन्ने हल्ला थियो तर अहिले प्रकटरूपमा आएको यो प्रस्तावले त्यही कुरालाई पुष्टि गर्न थालेको छ । हामी सबै होसियार बनौं, सचेत बनौँ र आफ्नो राष्ट्रको स्वतन्त्रतालाई बचाऔं ।’ उनले भनेका थिए ।