काठमाडौं १ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एसपीपीबारे आपत्ति जनाएका छन् । अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने थापाको धारणा रहेको छ ।
बुधरबार बसेको संसद बैठकमा सांसद समेत रहेका थापाले कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने भन्दै यस विषयमा प्रधानमन्त्री देउवाले स्पष्ट पार्न पर्नेबताएका छन् ।
‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन’ थापाले भने ।
विषयमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले आजै सदनमा जवाफ दिनुपर्ने माग गरेका थापाले नेपालको संविधानले यस्तो खाले सम्झौता गर्न छुट नदिने स्पष्ट पारेकन छन् ।