राज्यमन्त्रीकाे उदण्डता: जब ‘मेरो पोइ खै’ भन्दै पिट्न थालिन् सिन्दुर हालेको फोटो गाउँको घरमा राखेको छु,’ भन्दै धकेलिन् — OSNepal

राज्यमन्त्रीकाे उदण्डता: जब ‘मेरो पोइ खै’ भन्दै पिट्न थालिन् सिन्दुर हालेको फोटो गाउँको घरमा राखेको छु,’ भन्दै धकेलिन्

LC (KTM) June 15, 2022 0

तुलसीपुर । बिहानको साढे ८ बजेको थियो । लु १ झ ५३७ नम्बरको सरकारी गाडी झन्डा हल्लाउँदै एकराज बस्नेतको घरमा पुग्यो । गाडीबाट झरिन् लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली । स्थानीयले सोचे ‘मन्त्रीज्यू भेटघाटमा आउनु भो ।’ घरधनी एकराज बस्नेतकी श्रीमती मीना बस्नेतको अगाडि पुगेपछि मन्त्री वलीले अनपेक्षित प्रश्न गरिन्, ‘मेरो पोई खै रु’ मन्त्री वली त्यतिमै रोकिइनन् । उनले मीनालाई मुक्का प्रहार गरिन् । नजिकै रहेकी पाँच वर्षकी छोरी एन्जिलालाई पनि प्रहार गरिन् ।

राज्यमन्त्री वलीको प्रहारबाट मीनाको टाउको, शरीरका विभिन्न भागमा भित्री चोट छ भने कपडासमेत च्यातिएको छ । छोरी एन्जिलाको ओठ काटिएको छ । एकराजलाई पैसा दिएर कपडा किनिदिएको भन्दै राज्यमन्त्री वलीले ‘मैले किनिदिएको कपडा मै लैजान्छु,’ भन्दै दराज तोडफोड गरिन् । मिनालाई मुक्का प्रहार गरेपछि राज्यमन्त्री वलीले फेरि भनिन्, ‘मेरो एकराज खै छिटो देखा ।’ एकराज १५ दिनदेखि घरमा नभएको परिवारका सदस्यको भनाइ छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

बस्नेत माओवादी कार्यकर्ता हुन् । एक वर्षअघि बस्नेतले वलीलाई चुम्बन गरेको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । राज्यमन्त्री वलीले एकराज आफ्नो प्रेमी भएको दाबी गर्दै आएकी छन् । के भन्छन् स्थानीय ? ‘बिहान सरर गाडी आयो । हामीले कोही केही कामले आएको होला भन्यौं,’ छिमेकी रचना बुढाथोकीले भनिन्, ‘एकछिनपछि चिच्याएको आवाज सुनियो । एन्जल रुँदै मामुलाई मारे भन्दै मलाई तान्न आइन । म झटपट भित्र गएँ ।’ रचनाका अनुसार राज्यमन्त्री वली ‘एकराजको र मेरो विवाह भइसकेको छ ।

सिन्दुर हालेको फोटो गाउँको घरमा राखेको छु,’ भन्दै मिनालाई धकेल्दै थिइन् । ‘म डरले बस्न सकिनँ, निस्की हाले, पछि मीनाको जेठाजु, ससुरा र अन्य मान्छे आए । प्रहरी पनि आपछि राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो,’ रचनाले भनिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर