काठमाडौ ३१ जेठ । नेकपा एमालेका स्थायी कमिटि सदस्य घनश्याम भूसालमाथि कारबाही हुने भएको छ ।
आज मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारवाही गर्न योग्य भएको भन्दै आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।
भुसालले एक कार्यक्रममा गएको स्थानीय तह निर्वाचनमा पार्टीले हारेको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने बताएका थिए । टेलिभिजनको त्यो अन्तर्वार्ता कारबाही योग्य भएको भन्दै आयोगले आफुहरुले सिफारिस गरेपछि आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्ने जनाएको छ ।
पार्टीको अनुशासन आयोगले भूसाललाई कारवाही गर्न भन्दै पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन भएसँगै अब उनीमाथि कारबाही हुने भएको हो ।