काठमाडौं ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बुटवल पठाउन भन्दै मुख्यमन्त्री कुलबहादुर केसीले प्रहरीलाई दवाव दिएका छन् ।
वलीलाई प्रहरीको नियन्त्रणबाट मुक्त गर्न भन्दै मुख्यमन्त्री केसीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेलाई फोन गरेर दबाब दिएका हुन् ।
तर, एसपी काफ्ले भने भिआइपी आरोपितलाई प्रहरी निगरानीमा राख्नुपर्ने मुख्यमन्त्री केसीको दवाव अस्वीकार गरेका छन् । वलीलाई अहिले सुरक्षाको कारण देखाउँदै जिल्ला प्रहरी कार्यायलमा राखिएको छ ।
मंगलबार बिहान प्रेमी भनिएका एकराज बस्नेतको घरमा झिरेर बस्नेतको श्रीमती र छोरीलाई कुटपिट गरी घर भित्र रहेका सामानहरु फ्याकेपछि प्रहरीको नियन्त्रणमा पुगेकी विमला वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले फोन गरेर बुटवल पठाउन निर्देशन दिएका हुन् ।