काठमाडौं ३१ जेठ । नेकपा एमालेले संसद अवरोध गरेको छ । अर्थमन्त्री शनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानविन हुनु पर्ने भन्दै एमालेले संसद अवरोध गरेको हो ।
मंगलबार बसेको संसद बैठकमा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेका हुन् ।
यस्तो गम्भिर विषय बाहिर आएसँगै अब यसको छनविन समेत हुनुपर्ने भन्दै यो विषयमा संसदमा भट्टराईले भने , ‘यो गम्भीर विषय सदनमा प्रवेश भइसकेपछि, सारा जनताले थाहा पाइसकेपछि, मिडियामा आइसकेपछि खास खास घरानाका मान्छेले प्रश्रय दिने गरी करको दरमा हेरफेर भइसकेपछि यो सदन मुकदर्शक भएर बस्न सक्दैन’ ।
व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरेको अर्थमन्त्री शर्मामाथि आरोप लागेको छ ।