काठमाडौं ३१ जेठ । अब जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिन ऋण नपाइने भएको छ ।
सरकारले यही जेठ २३ गते जारी गरेको भू-उपयोग नियमावली-२०७९ले नियमावली अुनसार वर्गीकरण नभएका जग्गा धितोको रुपमा रोक्का राख्न छोडिएपछि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिन ऋण नपाइने भएको हो ।
सरकारले बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो रोक्का राख्न खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था गरेको छ ।
जसअनुरुप भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ।
साथै, मालपोत कायालयले पनि कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा रोक्का गर्न नमानेसँगै ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् ।