काठमाडौं ३१ जेठ । अर्थमन्त्री जनार्दन शर्माको विषयमा चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयको त्यस प्रति ध्यानाकषर्ण भएको छ ।
अर्थमन्त्रीको राजीनामाको विषयमा समेत मंगलबार बसेको संसद बैठकमा अवाज उठेपछि मन्त्रालयले विज्ञप्तिमार्फत प्रष्टीकरणसहित ध्यानाकर्षण गराएको छ ।
मन्त्रालयले मगंलबार एक विज्ञप्ती जारी गर्दै अन्नपूर्ण पोष्ट दैनिकले जेठ ३० गते ‘मध्यराति बजेटमा जान चुकुल लाग्यो’ विषयमा समाचारको विषयमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
अर्थ मन्त्रालयले २०७८ चैत १ गतेदेखि नै औपचारिक रुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरु तथा अन्य सरोकारवाला निकायसँग परामर्शरअन्तक्रिया प्रारम्भ गरेको गरेको जानकारी दिँदै विज्ञप्तीमा मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौडा समिति गठन गरेको तथा सर्वसाधारणको प्रतिक्रिया, सुझावहरु संकलन सुरु गरेको जनाएको छ ।
यस प्रक्रियामा पदाधिकारी बाहेक अन्य कसैको सहभागिता नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।