काठमाडौं ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति सर्वसाधारणको घरमा आचरणहीन व्यवहार देखाएको उनको बर्खास्तको माग गरिएको हो ।
एमाले लुम्बिनी संसदीय दलका उपनेता तथा पूर्व मन्त्री वैजनाथ चौधरीले नैतिकताको कुनै पनि आधार भए तत्काल मुख्यमन्त्रीले बर्खास्त गरेर अरू छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने भन्दै अब त लुम्बिनीको सांसद, मन्त्री भन्न पनि लाज हुने अवस्था आउँदा पनि सरकार किन चुप लागेको भन्दै प्रश्न गरेका छन् ।
राज्यमन्त्री विमला वलीले परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेर एकराज बस्नेतलाई आफ्नो पोइ भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेकी थिइन् ।
वली अहिले प्रहरी नियन्त्रणमा छिन् ।