सिन्धुपाल्चोक र मनाङको बाढीपहिरोमा खटिन सभापति देउवाको निर्देशन — OSNepal

सिन्धुपाल्चोक र मनाङको बाढीपहिरोमा खटिन सभापति देउवाको निर्देशन

LC (KTM) June 16, 2021 0

काठमाडौँ, २ असार- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले सरकारलाई तत्काल विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न मागसमेत गर्नुभएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङमा दर्जनौँ घर बगाउनका साथै सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत अन्य क्षेत्रमा समेत क्षति र दर्जनौँ व्यक्ति वेपत्ता भएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर