कृषि मन्त्री महिन्द्र राय यादवले संसदमा जानकारी गराए कृषि उपज आयातको विवरण — OSNepal

कृषि मन्त्री महिन्द्र राय यादवले संसदमा जानकारी गराए कृषि उपज आयातको विवरण

LC (KTM) June 14, 2022 0

काठमाडौं. ३१ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले कृषि उपज आयातको विवरणबारे संसदमा जानकारी गराएका छन् ।

मंगलबार बसेको संसद बैठकमा मन्त्री यादवले सांसदहरुले आगामी आर्थिक बर्षका लागि सरकारले कृषि मन्त्रालयतका लागि विनियोजन गरेको बजेट शीर्षकमाथि उठाएका प्रश्नहरुको जवाफ दिँदै आयातको विवरण बुझाएका हुन् ।

मन्त्री यादवले दिएको आयातको विवरण अनुसार केही वर्ष यता निरन्तर धानउत्पादन र उत्पादकत्वमा वृद्धि हुने क्रममा रहेको तर गएको वर्ष
बेमौसमी वर्षका कारण धान उत्पादनमा ७।७४ प्रतिशतले ह्रास आएको छ ।

साथै, चालु आर्थिक वर्षको ८ महिनामा ३७ अर्ब ५५ करोड रुपैयाँ बराबरको धान÷चामल ,१४ अर्ब २९ करोड रुपैयाँको मकै, ५ अर्ब ३७ करोड रुपैयाँको गहुँ आयात भएको जानकारी गराएका छन् ।

६ अर्ब १५ करोड रुपैयाँको आलु, २ अर्ब १२ करोड रुपैयाँको प्याज, ५ अर्ब ७ करोड रुपैयाँको स्याउ, ४ करोड ९७ लाख रुपैयाँको गोलभेँडा र१ अर्ब १६ करोड रुपैयाँ बराबरको केरा आयात मन्त्री यादवले संसदमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर