अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्झौताको १० बुँदे मस्यौदाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग — OSNepal

अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्झौताको १० बुँदे मस्यौदाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग

LC (KTM) June 14, 2022 0

काठमाडौं ३१ जेठ । आज मंगलबार बसेको संसद बैठकमा नेपाल मजदुर किसान पार्टी ( नेमकिपा)का सांसद प्रेम सुवालले एसपीपी सम्झौताको मस्यौदाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको १० बुँदे मस्यौदा बारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग राखेका सुवालले नेपालमा अमेरिकी भित्राउन नेकपा एमाले समेत लागेको आरोप लगाएका छन् ।

संसदमा सुवालले भने , ‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी आउँछ रु भनेर साथीहरु भन्नुहुन्थ्यो। अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने । नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर