काठमाडौ ३१ जेठ । नेकपा एमालेका नेता विष्णु रिजालले सरकारको विदेश नीतिमा आएको विचलन देख्दा के नेपालले असंसग्न परराष्ट्र नीति परिवर्तन गरेको होरु भन्ने प्रश्न खडा भएको बताएका छन् ।
के नेपालले कुनै सैन्य गठबन्धनमा सहभागी नहुने आफ्नो अडान बदलेको हो भन्दै प्रश्न गरेका रिजालले सरकारको विदेश नीतिमा आएको विचलन देख्दा ३ प्रश्न खडा भएको जनाएका हुन् । उनले भनेका छन् ,
सरकारको विदेश नीतिमा आएको विचलन देख्दा ३ प्रश्न खडा भएका छन्;
१. के नेपालले असंसग्न परराष्ट्र नीति परिवर्तन गरेको हो ?
२.के नेपालले कुनै सैन्य गठबन्धनमा सहभागी नहुने आफ्नो अडान बदलेको हो ?
३. के नेपालले नेपाली भूमि कुनै छिमेकीका विरूद्धमा प्रयोग गर्न नदिने नीति परिवर्तन गरेको हो ?