काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित अनामनगरको एक सुन पसलमा फिल्मी शैलमिा लुटपाटको प्रयास भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ घर भई ललितपुरमा बस्दै आएका अविराज दुतराजको सुन पसलमा चोरीको प्रयास भएको हो । दुतराजको अनामनगरमा मनकामना सुनचाँदी पसल रहेको छ । सोही पसलमा फिल्मी शैलीमा चोरीको प्रयास भएको हो ।
पसलको भित्ता फोडेको अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका हुन्। मनकामना सुनचाँदी पसलसँगै जोडिएको पान पसलतर्फबाट भित्ता फोडेर प्वाल बनाइएको थियो। मान्छे छिर्न मिल्ने गरी भित्तामा प्वाल बनाइएको प्रहरीले जनाएको छ । एक जना मान्छे मज्जाले छिर्न सक्ने गरि प्वाल बनाइएको बताउँदै प्रहरीले तर भित्र पसेर सुन चाँदि भने चोर्न नभ्याएको जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुषन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा पान पसल संचालक र कामदार रहेका छन् ।
एक पान पसल सञ्चालक भारतको बिहार मोतिहारी जिल्लाका २३ वर्षीय सन्दिप जैसवाल हुन्। उनीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। यो घटनाको मुख्य योजनाकार भने जैसवाल नभएको प्रहरी बताउँछ। पान पसलमै काम गर्ने कामदार यो घटनाको योजनाकार रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ। भारतको रक्सौल घर भएका २१ वर्षीय राहुल सर्राफ फरार छन्। उनी दुई महिनादेखि पान पसलमा काम गर्दै आएका थिए।