क्रिष्ट्रियानो रोनाल्डो चम्किँदा हंगेरीले खाता नै खोल्न सकेन, रोनाल्डो एक्लैले गरे २ गोल — OSNepal

क्रिष्ट्रियानो रोनाल्डो चम्किँदा हंगेरीले खाता नै खोल्न सकेन, रोनाल्डो एक्लैले गरे २ गोल

LC (KTM) June 16, 2021 0

काठमाडौं । गएराती सम्पन्न खेलमा हंगेरीलाई पोर्चुगलले बुडापेस्टमा ३–० ले हराउन सफल भएको छ ।

पोर्चुगलका लागि कप्तान क्रिष्ट्रियानो रोनाल्डो चम्किँदा शानदार जित निस्किएको हो । रोनाल्डो एक्लैले दुई र राफायल गुरेरोले एक गोल गरेका हुन् ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा म्याट्स हमेल्सले आफ्नै पोष्टमा गोल गरेपछि घरेलु मैदानमै फ्रान्ससँग जर्मनी पराजित भएको छ । म्युनिखस्थित एलिनाज एरिनामा फ्रान्स १–० ले विजयी भएको हो । युरो इतिहासमै जर्मनीले सुरुवाती खेल गुमाएको यो पहिलोपटक हो । त्यस्तै आज युरोकप फुटबलमा तीन खेलहरु हुँदैछन् ।

जसमध्ये आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेल इटाली र स्वीट्जरल्याण्डबीचको खेल राति १२:४५ बजे हुनेछ । पहिलो खेल फिनल्याण्ड र रुसबीचको खेल साँझ ६:४५ बजे हुनेछ । वेल्स र टर्कीबीचको खेल राति ९स्४५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर