काठमाडौं ३० जेठ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।
समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको स्थलगत अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै
कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो ।
विमानस्थल निर्माणसम्बन्धी दीर्घकालिन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने उक्त प्रतिवेदनमा भनिएको छ ।
साथै, गठित सो समितिले विमानस्थल निर्माण स्थलका टाँगियाबस्ती लगायत वासीलाई स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।