काठमाडौं ३० जेठ । नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकी भ्रमणलाई लिएर देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुन लागेको विषयमा छलफल गर्न परराष्ट्र र प्रधानमन्त्रीलाई बोलाउनु पर्ने भन्दै रावलले देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाएका हुन् ।
यही असार १२ गते प्रधानसेनापति प्रभुराम शर्मा र असार २८ गते प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने भएका छन् ।
नेपालको कुटनीति सेनाको हातमा गइसकेको बताएका रावलले भने, ‘प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे सम्पुर्ण जिम्मा नेपाली सेनालाई दिएको रे । हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा छौं ?’