काठमाडौं । भक्तपुरको राधेराधे मध्यपुर थिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाडौंको पुतलीसडकमा पनि शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ । काठमाडौ तथा ललितपुरबासी ग्राहकहरुलाई भक्तपुरसम्म आउन नपर्ने गरी ग्राहकको सुविधाको लागि पुतलीसडकमा शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां बताउँंछन् ।
पुतलीसडकमा शाखा कार्यालय खोलेसँंगै त्यहाँंका ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास सीईओ कवांकोे छ । काठमाडौंमा माग अत्याधिक वढेपछि उनीहरुको सहजताका लागि काठमाडौंमा पनि शाखा कार्यालय खोलेको उनले जनाए ।हेड अफिसबाट जेजस्ता सुविधाहरु उपलव्ध हुन्छन्, ती सवै सेवासुविधाहरु काठमाडौ शाखाबाट पनि उपलव्ध हुने जनाइएको छ । माग अनुसार इको प्यानलको बुकिङ गर्ने, विल काट्ने, इको प्यानलबारे जानकारी लिनेलगायतका सम्पर्ण सेवासुविधाहरु शाखा कार्यालयबाट पनि हुने जनाइएको छ ।
गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । नेपालमै बनेको यो पहिलो इको प्यानल पनि हो । यो आईएसओ सर्टिफाइ पनि छ । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्भब हुनु, अग्नि प्रतिरोधी, ध्वनी प्रतिरोधीलगायतका दर्जनौ विशेषताहरुका कारण पछिल्लो समय यसको माग देशैभरि अत्याधिक छ । त्यही कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै ठाउँंठाउँंमा डिलरहरुमार्फत् यसको विक्रीवितरण हुँंदै आएको कम्पनीले जनाएको छ ।