काठमाडौं ३० जेठ । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले किसानले रासायनिक मल कहिले पाउँछ भन्दै प्रश्न गरेका छन् ।
सोमबार एमालेले संसदमा दर्ता गराएको रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्तावमा बोल्दै खतिवडाले कृषिमन्त्री र प्रधानमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् ।
कृषि मन्त्री ज्यू, प्रधानमन्त्री ज्यू किसानले कहिले रायासनिक मल पाउँछ्न् ?’ उनले प्रश्न गरेका छन् ।
मल नभएकै कारण गाउँ गाउँमा किसान ठूलो मर्कामा परेको बताएका उनले सरकारकै कारण किसान कालोबजारीमा मल किन्न बाध्य भएको पनि बताएका छन् ।
यस विषयमा संसदमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले अर्कमण्यता देखाएको भन्दै आक्रोश पोखेका सांसद खतिवडाले मल ल्याउने बेला सरकार कानमा तेल हालेर बसेका कारण किसानको बारीको मकै पहेलो भयो अब असारे धान रोप्ने बेलामा पनि मल खोज्न किसानहरु भौतारिरहेको बताएका छन् ।