संसदमा एमालेको प्रस्ताव : संसद बैठक स्थगित गरेर कृषकलाई तत्काल मल उपलब्ध गराउन माग — OSNepal

संसदमा एमालेको प्रस्ताव : संसद बैठक स्थगित गरेर कृषकलाई तत्काल मल उपलब्ध गराउन माग

LC (KTM) June 13, 2022 0

काठमाडौं ३० जेठ । नेकपा एमालेका सांसदहरुले नियमित कार्यक्रम स्थगन गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न गरेका छन् ।

आज सोमबार एमालेका १५ जना सांसदहरुले हस्ताक्षर गरेर संसद बैठक स्थगित गरेर भएपनि अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव संसदमा पेश गर्दै उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले रासायनिक मलको उपलब्धताका लागि तत्काल जीटूजी विधिबाट भए पनि रासायनिक मल खरिद गरेर किसानलाई उपलब्ध गराउनु गर्ने माग राखेका छन् ।

यसको लागि एमालेले संसद बैठक स्थगन गराउन माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर