काठमाडौं ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने जानकारी दिएका छन् ।
सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिएका हुन् ।
जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित देउवालई लोसपाका शिर्ष नेताहरुले ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझाएपनि पनि प्रधानमन्त्रीले यस विषयमा केहि पहल नगरेको भन्दै सोमबार बिहान लोपाका नेताहर प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए ।
सो विषयमा देउवाले बजेट पारित भएलगत्तै नागरिकतासम्बन्धी विधेक संसदबाट पारित गर्ने बताएका छन् ।