काठमाडौं ३० जेठ । नेकपा एमालेका सांसद नारदमुनि रानाले शासन सत्ता सेनाको हातमा बुझाउने प्रयास भैरहेको त छैन ? भन्दै प्रश्न गरेका छन् । सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रानाले यस्तो प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा भारत जानु र अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जेनरल चार्ल्स ए फ्लिन नेपाल संगोग मात्रै हो कि या अन्य केहि भन्दै प्रश्न गरेका रानाले विगतमा राजाको हातमा सत्ता बुझाएको इतिहास रहेको भन्दै अहिले सेनाको हातमा नेपालको शासन सत्ता बुझाउने प्रयास त भैरहेको छैन ? भनेर प्रश्न गरेका छन् ।
एमसीसीको विषयमा बैठकमा बोल्दै सांसद रानाले कुनै पनि सहयोग कसैको लाभका लागि नभई समग्र राष्ट्रको हितमा हुनुपर्ने भन्दै अहिले नेपालको परराष्ट्र नीति र गतिविधि हेर्दा सरकार स्वयंले संविधानको पालना नगरेको पाइएको बताएका छन् ।
‘सरकार स्वयंले संविधानको पालना नगरेकाले आफुलाई जनप्रतिनिधिको रुपमा लज्जाबोध भैरहेको छ ।’ उनले भने ।