काठमाडौं २९ जेठ । नेकपा माआवादी केन्द्रका सांसद गजेन्द्र महतले अकालमा ज्यान गएको सरकारको आत्मा भड्किरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि आलोचना गरेका छन् ।
आइबार विनियोजन विधेयकअन्तर्गत प्रधानमन्त्री कार्यालयको शीर्षकमाथि प्रतिनिधि सभामा भाग लिएका महतले भड्किएको आत्माले तर्साइरहेको भन्दै एमाले माथि टिप्पणी गरेका हुन् ।
‘सत्तापक्षका माननीयज्यूहरू अलि संयमित हुनपर्दो रहेछ, अकालमा ज्यान गएको सरकार, अकालमा ज्यान भएको भनेको प्राण हुँदै गएको प्रतिपक्षको सरकारको आत्मा भड्किराखेको हुन्छ, त्यसले तर्साइरहेको छ हामीलाई । किनभने ५ वर्ष नकाटि बीमै जानुपर्यो,आफ्नै कारणले गएको हो । हाम्रो तिर भन्छन् किन चाउरिस मरिच आफ्नै तेजले भन्छन् । आफ्नै कारणले सरकारको ज्यान गएको हो । तर पनि आत्माको चिर शान्तिको कामना गर्छु । अकालमा गयो नि पाँच वर्ष नकाटी बीचमै गयो ।’उनले सम्बोधनमा भने ।
साथै, उनले शहरी विकास मन्त्रालयको बजेट सेटिङमा बनेको भन्दै मन्त्रीको आयु अनुसार बजेट बनेजस्तो लागेको बताएका छन् ।