माओवादीले जितेका १२२ स्थानीय तहलाई विकासको मोडलको रूपमा देशका नमूना बनाइने प्रचण्डको प्रतिवद्धता — OSNepal

माओवादीले जितेका १२२ स्थानीय तहलाई विकासको मोडलको रूपमा देशका नमूना बनाइने प्रचण्डको प्रतिवद्धता

LC (KTM) June 12, 2022 0

काठमाडौं २९ जेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्णायक संघर्ष आवश्यकता अझै बाँकी रहेको बताएका छन् ।

आइतबार सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको पूर्णबैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्रान्ति अझै बाँकी रहेको भन्दै संघर्षको आवश्यकता रहेको बताएका हुन् ।

माओवादी सशस्त्र आन्दोलनमा शिक्षकको भूमिकाको प्रशंसा गरेका प्रचण्डले माओवादीले जितेका १२२ स्थानीय तहलाई विकासको मोडलको रूपमा विकास गगरी देशकै नमुना बनाइने प्रतिबद्धता समेत गरेका छन् ।

साथै, सो बैंठकमा केन्द्रीय कोषाध्यक्ष कुलप्रसाद खतिवडाले शैक्षिक तथा पेशागत माग र मुद्दाको पक्षीकरण र सम्बद्ध नेतृत्वबाट सम्बोधन गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर