जनकपुरधाम २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) मा राजपा लोकतान्त्रिक पार्टी समाहित भएको छ ।
आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा रितेशकुमार सिंह नेतृत्वको पार्टी राजपा लोकतान्त्रिक समाहित भएको हो ।
सो कार्यक्रममा अध्यक्ष यादवले अन्य मधेस केन्द्रित दललाई पनि एकता गर्न आग्रह गरेका छन् । पार्टी समाहित सो कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत र जसपाका नेता कार्यकर्ताहरू सहभागी भएका थिए ।
केहि दिन अगाडी मात्र यादवले एक कार्यक्रममा जसपाबाट फुटेर गएको लोकतान्त्रिक समाजवादी पार्टी लाई समेत एकता गर्न आग्रह गरेका थिए ।