विराटनगर २९ जेठ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेकपा एमालेलाई जवाफ दिएका छन् ।
आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले ढंग पुर्याए १० सिट भएको दलले पनि मुख्यमन्त्री बन्न सक्ने भन्दै एमालेलाई जवाप दिएका हुन् ।
संसदमा बोल्ने क्रममाएमालेका सांसदहरुले सरकारको आलोचना गर्दै टालाटुली बाटुली, झोलितुम्बे लगायतका शब्दहरु प्रयोग गरेपछि राईले यस्तो बताएका हुन् ।
‘ढंग पु¥याएन भने दुई तिहाई बहुमत पनि गुम्दो रहेछ, ६३ (सिट) ले दुई तिहाई हुन्छ, हामीसँग (तत्कालिन नेकपा) ६८ सिट थियो,अब ढुंग पु¥यायो भने म जस्तो १० सिटेले पनि मुख्यमन्त्री पड्काउदो रहेछ ।’
सरकारले सबै नयाँ कार्यक्रम ल्याउन नसकेको बताएका मुख्यमन्त्री राईले सरकारले गर्न सक्ने कामलाई मात्रै नीति तथा कार्यक्रममा राखिएको जानकारी दिएका छन् ।
उमेर पाको र धेरै समय राजनीति गरेकाहरुले प्रदेश १ को सरकार गठन प्रक्रियाबाट शिक्षा लिनुपर्ने धारणा राखेका उनले चार वर्षसम्म काम नगर्ने सरकारले भर्खरै बनेको सरकारलाई काम गरेनौं भन्न नमिल्ने बताएका छन् ।