सल्यानमा पाँचौ पटक असार १० गतेसम्मका लागि निषेधाज्ञा थपियो — OSNepal

सल्यानमा पाँचौ पटक असार १० गतेसम्मका लागि निषेधाज्ञा थपियो

LC (KTM) June 16, 2021 0

सल्यान- सल्यानमा पाँचौ पटक निषेधाज्ञा जारी गरिएको छ । कोभिड व्यवस्थापन समितिको आजको बैठकको निर्णयानुसार कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित यही असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमगाईले जानकारी दिनुभयो ।

त्रिशूली अस्पतालमा आइसियु शय्या विस्तार:- कोभिड–१९ संक्रमणबाट विरामी भएकाको उपचारमा सक्रिय त्रिशूली अस्पतालमा आइसियु÷एचडियु श्यया विस्तार गरिएको छ । नुवाकोट, धादिङ र रसुवाका कोरोना संक्रमितको उपचार गर्दै आएको अस्पतालमा आजदेखि आइसियु÷एचडियु शैया विस्तार गरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डले जानकारी दिनुभयो । डा. पाण्डेका अनुसार विरामीको चाप बढिरहेकोले आइसियु÷एचडियुको १० श्यया थप गरेर २० पु¥याइएको छ । सात वटा भेन्टिलेटरसहित र आइसियु श्यया रहेकोमा बढाएर १२ श्यया पु¥याइएको छ । चार वटा एचडियुलाई थप गरेर आठ पु¥याइएकोे छ ।

सो अस्पतालमा अहिले ४४ जना कोरोना संक्रमितको उपचार हुँदैछ । कोरोनाको पहिलो लहरमा एक जनाको ज्यान गएको नुवाकोटमा दोस्रो लहर आएपछि थप ३१ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्ला दिनका पनि कोरोना संक्रमण घट्न सकेको छैन । आज ८७ जना नयाँ संक्रमित भएसँगै जिल्लामा हाल एक हजार एक सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । बजारक्षेत्रमा भन्दा ग्रामीण भेगमा नयाँ संक्रमित धेरै थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर