इसाराको एकल कमेडी शो सम्पन्न — OSNepal

इसाराको एकल कमेडी शो सम्पन्न

LC (KTM) June 12, 2022 0

काठमाडौं: बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको पहलमा आयोजना भएको ‘अल नेपाल एकल कमेडी सो’ शनिबार राजधानीको जमल स्थित नाचघरमा बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ ।

समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई बिशेष सम्मान गरिएको छ ।

आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आउदा दिनहरुमा त्यस्तै बिभिन्न भैपरि आउने दुखी, पिडितहरुको समस्यालाई सहायता दिन सकु भन्ने उव्देश्यले स्मृतीकोषको निर्माण थालनी भएको कलाकार गणेश इसाराले बताए । सफल महिला उद्यमी तथा समाजसेवि सुमित्रा वस्नेतको प्रखुख आतिथ्यतामा सम्पन्न कार्यक्रम एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको हो । कार्यक्रममा लोकप्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर