बाहुबली’ प्रभास छिट्टै दुलहा बन्दै , विवाहको तयारी तिब्र , आखिर को होलिन् त दुलही ? — OSNepal

बाहुबली’ प्रभास छिट्टै दुलहा बन्दै , विवाहको तयारी तिब्र , आखिर को होलिन् त दुलही ?

LC (KTM) June 11, 2022 0

भर्खरै साउथ अभिनेत्री नयनताराले विवाह बन्धनमा बाँधिएकी थिइन्, त्यसपछि फ्यानहरू अहिले ‘बाहुबली’ प्रभासको विवाहको पर्खाइमा छन्, जसका लागि उनका परिवारले पनि केटी मन पराएका छन् ।यो वर्ष धेरै ठूला स्टारले विवाह बन्धनमा बाँधिएका छन् ।

यसैबीच, जुन ९ मा साउथ अभिनेत्री नयनतारा र विग्नेश शिवन विवाह बन्धनमा बाँधिएका थिए । यसैबीच साउथका सुपरस्टार तथा ‘बाहुबली’ प्रभासको विवाहलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । हो, फ्यानहरू जान्न चाहन्छन् कि साउथका ह्यान्डसम हङ्क प्रभास कहिले बिवाह बन्धनमा बाँधिदैछन् रु त्यसैले यो खबर उनका फ्यानका लागि हो ।

प्रभास यसै वर्ष विवाह बन्धनमा बाँधिदैछन् भन्ने थाहा पाउँदा फ्यानहरु निकै खुसी हुनेछन् । ४२ वर्षीय प्रभासका परिवारका सदस्यले उनको लागि केटी देखेको बताइएको छ । यति मात्र होइन, उनीहरुको विवाहको तयारी पनि सुरु भएको बताइएको छ । यो खुसीको खबर प्रभासको परिवारबाट आएको हो । एक अन्तर्वार्ताका क्रममा प्रभासका काका र विद्रोही स्टार कृष्णनामाराजुले ‘प्रभासले यसै वर्ष विवाह गर्ने’ बताएका छन् ।

उनले प्रभासका लागि एउटी केटी छनोट भएको बताए । साथै उनले ‘छिट्टै बिबाहको घोषणा गर्ने’ पनि बताए । यसअघि उनका फ्यान प्रभास र अनुष्का शेट्टी को जोडीलाई एकदमै मन पराउने गरेका थिए । यि दुबै बिच अफेयरको हल्ला समेत चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर