बितेको १० महिनामा ८ प्रतिशतले मुल्य बृद्धि , आकाशियो बजार भाउ — OSNepal

बितेको १० महिनामा ८ प्रतिशतले मुल्य बृद्धि , आकाशियो बजार भाउ

LC (KTM) June 10, 2022 0

बितेको एक बर्ष भित्रमा मुल्यबृद्धिले चरमसिमा पार गरेको छ । हरेक वस्तुको मुल्य एकदमै आकासिएको छ । यो चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदन अनुसार उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतले वृद्धि भएको छ । गत आव १० महिनामा यस्तो मूल्य वृद्धि ३.६५ प्रतिशत थियो ।

त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ रहेको छ । गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ वैशाखको तुलनामा यस वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २४.८६ प्रतिशतले बढेको देखिएको छ । यस्तै फलफूल १२.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको मूल्य वृद्धि ११।३० प्रतिशत छ ।

यस्तै दाल तथा गेडागुडीको मूल्य वृद्धि १०.५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्य वृद्धि ९.७० प्रतिशत छ । चालु आवको १० महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत तराईमा ८.१५ प्रतिशत र पहाडमा ७.८९ प्रतिशत छ । यस्तै हिमाल क्षेत्रमा मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर