नेपाल भारत सिमामा भारतको दादागिरी जारी , मध्यरातमा भएको यस्तो अबैधानिक कदम प्रति शसस्त्रले गर्यो प्रशंसनिय काम — OSNepal

नेपाल भारत सिमामा भारतको दादागिरी जारी , मध्यरातमा भएको यस्तो अबैधानिक कदम प्रति शसस्त्रले गर्यो प्रशंसनिय काम

LC (KTM) June 09, 2022 0

भारतीय पक्ष बाट अन्र्तराष्ट्रिय सिमानाकाको नियम तोड्ने क्रम जारी रहेको छ । कहिले भारतीय सुरक्षाबलले सिमामा अतिक्रमण गर्ने गरेको छ भने कहिले भारतीय जनताले थिचोमिचो गर्ने गरेका छन् । यसैक्रममा महोत्तरीको जलेश्वरस्थित नेपाल भारत सीमा क्षेत्र नजिकै भारतीय पक्षले फेरि अर्काे उपद्रो मच्चाएको छ । भारतीय पक्षले स्काभेटर प्रयोग गरी कुलो तथा नहर खनेर पानीको बहाव नेपालतर्फ फर्काउने प्रयास गरेका छन् ।

तर उनीहरुको प्रयास सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिफल तुल्याई दिएको छ । मंगलबार मध्यराति सीमावर्ती क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका ३, खैरागाउँबाट दक्षिणतर्फ भारतको सितामढी जिल्लाको श्रीखण्डी ग्राम पञ्चायत ४ का स्थानीयले पानीको बहाव नेपालतर्फ फर्काउने प्रयास गरेका थिए । तर यो कुरा थाहा पाउने बित्तिकै भारतीय पक्षले स्काभेटरले खनेको कुलो भत्काई दिएको छ ।

भारतीयले खनेको कुलो कायम रहने हो भने त्यहाँबाट पानी एकत्रित भई नेपाल तर्फको भुभाग डुबाउने षडयन्त्रलाई सशस्त्रले बिफल तुल्याई दिएको हो । रातारात कुलो खन्ने केही भारतीयलाई स्काभेटर सहित नियन्त्रणमा लिई सचेत गराएर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको महोत्तरीस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर