एलिना चौहान र भिम बिष्टको प्रेमील गीत ओ मेरो प्यारा सार्वजनिक — OSNepal

एलिना चौहान र भिम बिष्टको प्रेमील गीत ओ मेरो प्यारा सार्वजनिक

LC (KTM) June 09, 2022 0

युवा पुस्ता माझ एकदमै चर्चित गायिका एलिना चौहान र गायक भिम बिष्टको नयाँ मायाले भरिएको गीत ओ मेरो प्यारा सार्वजनिक भएको छ । लभस्टोरी प्याट्रनमा बनेको यस गीतमा भिम बिष्ट आफैको शब्द तथा संगीत रहेको छ । म्युजिक एरेन्ज नरेन्द्र बियोगीले गरेका छन् ।

यस गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् भने प्रकाश खड्काले एकदमै उत्कृष्ट छायाँकन गरेका छन् । वेभ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको सम्पादन लक्ष्मण चौधरी र कलरको काम मिलन बिश्वकर्माको रहेको छ ।

गीतले समग्र प्रेमिल जोडिहरुको आवाज र मनोभावनालाई मुखरीत गरेको छ । यस गीतको म्यजिक भिडियो एलिना चौहानको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियो अप्लोड भएको २ दिनमै यस गीतलाई १९ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर