भारत बिहारको समस्तिपुरमा आफ्नै छोराको शव अस्पताल बाट निकाल्न बाबुआमाले नै भिख माग्न बाध्य हुनु परेको छ । महेश ठाकुर र उनकी धर्मपत्नी यतिबेला अस्पतालमा रहेको छोराको शव झिक्ने पैसा नहुँदा सडक गल्ली भीख माग्दै हिडिरहेका छन् । उनीहरुको यो भिडियो अहिले भारतका सामाजिक संजालमा भाइरल भइरहेको छ ।
बिहारको समस्तिपुरमा खिचिएको उक्त भिडिओमा देखाइएका दम्पत्तीहरु छोराको शव बुझ्नको लागि भिख मागिरहेको जनाइएको छ । अस्पताल प्रशासन बाट शव झिक्नका लागि घुस स्वरुप चर्काे मुल्य माग भएपछि उनीहरु भौतारिदै भिख मागिरहेका छन् । ठाकुर र उनकी पत्नीले संचार माध्यम एएनआईलाई जानाकारी गराए अनुसार उनका छोरा केही दिन अगाडी देखी बेपत्ता भएका थिए भने यसै साता एक व्यक्तीले उनको छोराको मृत्यु भइसकेको छ।
र उनको शव सहरको सदर अस्पतालमा रहेको जानकारी गराएका थिए । शव बुझ्नका लागि जाँदा अस्पातलका एक कर्मचारीले शव दिनका लागि ५० हजार भारतीय रुपैयाँ घुस मागेको ठाकुरको आरोप छ। उनिहरुलाई आफ्नो छोराको मृत्युको कारण समेत थाहा नभएको मिडिया रिपोर्टमा उल्लेख छ ।