काठमाडौं २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साह बिच उपत्यकाको फोहर व्यवस्थापनको विषयमा छलफल भएको हो ।
प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगेका साहलाई फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने देउवाले बताएका छन् ।
साथै, नुवाकोट बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग प नि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरेका देउवाले सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने भन्दै विभागिय मन्त्रीलाई निर्देशन दिने बताएका छन् ।
भोली शुक्रबार सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायतको टोलीले वार्ता गर्ने भएको छ ।