काठमाडौ २६ जेठ । जनता समाजवादी पार्टी जसपाका नेताहरुबिच चर्काचर्की भएको छ । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ पार्टीका सांसद रामबाबु यादवबीच विवाद भएको हो ।
निलम्बित सांसद हरिनारायण रौनियारसहित पार्टीबाट मन्त्री बनेका श्रेष्ठलाई भेट्न मन्त्रालय पुग्दा दुई बिच विवाद भएको हो ।
सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरू बजेटमा नपरेको भन्दै टेबल ठोक्नुको साथै पानीको बोतल बजारेपछि स्थिित एकछिन तनाव बनेको थियो ।
मेरो कुरा नसुनी उहाँ मात्र बोलेपछि मैले आफ्नो अगाडि भएको टेबल ठोकठाक गरेको हुँ । पानीको बोतल बजारेको हुँ ।’उनले भने ।