'गठवन्धन कसैलाई कमजोर बनाउन भन्दा पनि संविधान र समृद्धिको लागि भएको हो' — OSNepal

‘गठवन्धन कसैलाई कमजोर बनाउन भन्दा पनि संविधान र समृद्धिको लागि भएको हो’

LC (KTM) June 09, 2022 0

काठमाडौ २६ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताएका छन् ।

पार्टीमा भित्र फरक धारणा भएका कारण पार्टीलाई जिताउन सम्पूर्ण शक्ति न लागेको बताएका उनले गठबन्धनले पार्टीलाई घाटा भएको छ भन्ने निष्कर्ष कांग्रेसको नभएको बताएका छन् ।

‘गठबन्धन संविधान ,समृद्धि र एउटा निश्चित उद्देश्यका निम्ति जिकिर गरेका उनले कसैलाई कमजोर बनाउन, गणितीय उपलब्धि हासिल गर्न गठवन्धन नबनेको बताएका छन् ।

‘यसको वैचारिक साझा एजेण्डा हुनु पर्छ, त्यस अवस्थामा मात्रै गठबन्धन उपलब्धिमूलक हुन सक्छ भन्ने मलाई लाग्छ ।’पौडेलले भने ।

आगामी दिनमा गठबन्धन गर्दा साझा एजेण्डा र स्थानीय परिस्थितिलाई आधारित गर्ने बताएका उनले केन्द्रीय तहबाटै गठबन्धन गर्ने निर्णय गर्नुले महानगर र उपमहानगर पराजय भोग्नु परेको उनको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर