काठमाडौं २६ जेठ । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको शारीरिक अवस्था अलि कमजोर भएको भन्दै अहिलेको सरकार प्रधानमन्त्री भन्दा अरु कसैले चलाएको अनुभुत भइरहेको बताएका छन् ।
बिहिबार संसदमा विनियोजन विधेयकमाथि छलफल भइरहँदा नेता बस्नेतले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यूको शारीरिक अवस्था अलि कमजोर छ,त्यसैले प्रधानमन्त्री भन्दा अरु कसैले यो सरकार रहेको जस्तो अनुभूति हामीलाई हुन्छ ।’ सांसद बस्नेतले भने ।
साथै,विधेयकमाथि छलफल भइरहँदा मन्त्रीहरू सहभागी नभएको भन्दै उनले मन्त्री पद जोगाउन मन्त्रीहरू प्रधानमन्त्रीको घरति र गएको भन्दै आलोचना गरेका छन् ।
बालुवाटार खुमलटारका महाराजहरूले पो यो चलाइरहेका छन् की ? भन्दै आशंका गरेका सांसद बस्नेतले भने , ‘खुमलटारका महाराजहरूले पो यो चलाइरहेका छन् की ? अथवा कतिपयले यो भन्ने गर्छन् अनेक खालका प्रवृत्ति बोकेका अनेक खालका स्वार्थ बोकेका व्यापारी व्यवसायीले यो काम गरिरहेका छन् की ?’
अहिलेको गठवन्धन सरकार र गठवन्धन टिकाउन लागि परेको टिप्पणी गरेका उनले प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने कुरामा सरकार लागि परेको बताएका छन् ।