काठमाडौं २६ जेठ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् ।
बिहिबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेतृ संग्रौलाले सरकार भएको अनुभुति हुन नसकेको भन्दै सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी हुन् ।
‘रोजगारीकै लागि विदेशिनु पर्ने यो अवस्थामा कस्तो बिडम्बना, सरकार कहाँ छ / जिम्मेवार र वफादार बन्नु पर्दैन,’ उनले भनिन् । विप्रेषणले देश चल्ने तर उनको लागि राज्यले केही नसोचेको प्रति गुनासो समेत गरेकी छन् ।
महंगीले ढाड सेकेर नागरिकलाई बाँच्ने आधार नै नभएको बताएकी उनले फोहोरमाथि राजनीति हुन्छ, ढुंगामुढा हुन्छ स्वच्छ वातावरण नभएको बताएकी छन् । हत्या, हिंसा, बलात्कारले अस्मिता लुटिन्छ, न्याय पाउने आशा छैन,’ सांसद संग्रौलाले भनिन् ।