काठमाडौं २६ जेठ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले किशानलाई जसरी पनि तत्काल बिउ र मल उपलब्ध गराउनु पर्ने जोड दिएका छन् ।
मल र बिउको दिर्घकालीन समाधानको लागि आफ्नै रैथाने बिउबिजनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा राखेका उनले सामाजिक सञ्जाल मार्फत मुलुकभित्रै आवश्यक मल उत्पादन गर्नु पर्ने बताएका छन् ।
सकिन्छ भने रसायनिक मलको सट्टा जैविक मल उत्पादन तथा प्रवर्धन गर्नतिर लाग्नुपर्ने उनको धारणा रहेको छ ।
‘फेरि उहि समस्या तत्काललाई जसरीपनि बिउ र मल उपलव्ध गराउनुपर्छ।मल र बिउको दिर्घकालीन समाधानको लागि आफ्नै रैथाने बिउबिजनको उत्पादकत्व वृद्धि गर्नुपर्छ,मुलुकभित्रै आवश्यक मल उत्पादन गर्नुपर्छ । ‘ उनले भनेका छन् ।
‘फेरि उहि समस्या तत्काललाई जसरीपनि बिउ र मल उपलव्ध गराउनुपर्छ।मल र बिउको दिर्घकालीन समाधानको लागि आफ्नै रैथाने बिउबिजनको उत्पादकत्व वृद्धि गर्नुपर्छ,मुलुकभित्रै आवश्यक मल उत्पादन गर्नुपर्छ ।सकिन्छ भने रसायनिक मलको सट्टा जैविक मल उत्पादन तथा प्रवर्धन गर्नतिर लाग्नुपर्छ।’