मुग्लिन २६ जेठ । बुधबारबाट आएको वर्षाले नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अहिले पहिरो हटाउने काम भएपनि वर्षाका कारण कठिन भइरहेको जनाएको छ ।
आज बिहानबाट झन् ठुलो पानी परेकाले यात्रुहरु अल पत्र परेका छन् ।