पर्यटनमन्त्री प्रेम आलेले मन्त्रालयमै बोलाएर फिल्म निर्माण गर्न भनेर आफ्नो ५ महिनाको तलब दिए — OSNepal

पर्यटनमन्त्री प्रेम आलेले मन्त्रालयमै बोलाएर फिल्म निर्माण गर्न भनेर आफ्नो ५ महिनाको तलब दिए

LC (KTM) June 08, 2022 0

पर्यटनमन्त्री प्रेमबहादुर आले पछिल्लो समय निक्कै चर्चित र लोकप्रिय रहेका छन् । उनको लगाव फिल्म क्षेत्रमा पनि उत्तिकै छ भन्ने कुराको कहिले काँहि छनक दिने गरेका छन् । पछिल्लो पटक चर्चामा चुलिएका यिनै पर्यटनमन्त्री आलेले आफ्नो ५ महिनाको तलब फिल्म निर्माण गर्न भनेर हस्तान्तरण नै गरेका छन् ।

उनले फिल्म ‘सर्वजीत’निर्माणका लागि आफ्नो पाँच महिनाको तलब प्रदान गरेका हुन् । उनले आफ्नै मन्त्रालयमा बिहीबार एक कार्यक्रममा निर्देशक दिनेश डीसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई पार्टीको लेबी कटाएर पाँच महिनाको तलब रकम हस्तान्तरण गरे । त्यति मात्र हैन अझै उनले फिल्म निर्माणका लागि अन्य निकायबाट आर्थिक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता समेत गरे ।

यहि भदौ महिना देखी छायाँकनको फ्लोरमा जान लागेको यस चलचित्रले दलित आन्दोलनका अभियन्ता भगत सर्वजीत विश्वकर्माको जीवन चित्रण गर्नेछ । दलित महिला केन्द्रले निर्माण गर्ने फिल्मका कलाकार यसैसाता सार्वजनिक हुने जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर