काठमाडौं :
नीता ढुंगाना र हरिहरको फिल्म ‘ह्रस्व दीर्घ’ मा एक पछि अर्का साउथ अभिनेताको इन्ट्री भइरहेको छ ।
पुष्पाबाट खलनायकको रुपमा चर्चामा आएका सुनिल वर्मा र अर्का कलाकार प्रदीपसिंह रावत पछि फेरी अर्का कलाकार पनि यो फिल्ममा भित्रिएका छन् । तामिल र तेलुगु भाषाको फिल्ममा कमेडी गरेका चर्चित कलाकार अलिलाई पनि अनुबन्धित गराएको जनाइएको छ ।
अलीलाई फिल्ममा भित्राइएको बारे हरिहरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । फिल्ममा हरिहर का अलवा नीता र सलोन बस्नेतको पनि अभिनय रहेको छ ।
फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्ने छन् । यस फिल्मको छायांकन साउनबाट शुरु गरिने बताइएको छ । फिल्म १० करोड लगानीमा बन्ने छ ।