चर्चित कलाकारहरुले खर्च काटेरै भए पनि निशालाई दिए राहात — OSNepal

चर्चित कलाकारहरुले खर्च काटेरै भए पनि निशालाई दिए राहात

LC (KTM) June 15, 2021 0

काठमाडौं । मोडल निशा घिमिरेलाई सहयोग उठ्ने क्रम जारी छ । चर्चित नायिका आँचल शर्माले १ लाख सहयोग गरे लगत्तै अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले आर्थिक सहयोग गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघको समन्वयमा द्वय अभिनेत्रीले शनिबार निशा बस्दै आएको घर ललितपुरमै पुगेर उनका बाबु प्रेम प्रसाद घिमिेरेलाई नगद प्रदान गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार करिश्माले २५ हजार र रेजिनाले १० हजार रुपैयाँ सहयोग गरेका हुन् । निशालाई नर्भिक स्पतालले निशुल्क उपचार गरिदिने घोषणा गरे लगत्तै उनलाई देश विदेशबाट सहयोग रकम उठ्न थालेको हो ।

निशाको उपचारका क्रममा उनको घरबास सबे बेचिसकेका कारण बाबु आमा छाप्रोमा आउनु पर्ने अवस्था आएका बेला नर्भिकले गरेको ठूलो मनपछि निशाको परिवारलाई धेरै राहात मिलेको बाबु राजु राजु घिमिरेले ओएस नेपालसँगको कुराकानीमा बताए । उनले भने हाम्रा दिन नै ठिक छैनन की के हो गाई पालन गर्दा गाई समेत धमाधम मरिरहेका छन् । यता छोरीको अवस्था पनि यस्तो छ । बोल्दा बोल्दै उनी भावुक बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर