लुम्बिनी प्रदेश निति तथा कार्यक्रममा सार्वजनिक : प्रत्येक क्यान्सर तथा मुटुरागीलाई २ लाख दिइने (पुर्णपाठसहित) — OSNepal

लुम्बिनी प्रदेश निति तथा कार्यक्रममा सार्वजनिक : प्रत्येक क्यान्सर तथा मुटुरागीलाई २ लाख दिइने (पुर्णपाठसहित)

LC (KTM) June 08, 2022 0

बुटवल २५ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार प्रदेश सभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको स्थायी राजधानी तोकिएको स्थान राप्ती उपत्यका देउखुरीलाई प्रदेश सरकारले गौरवको आयोजना घोषणा गरेको छ ।

राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरि गुरुयोजनाको आधारमा प्रदेश राजधानीको लागि पूर्वाधार निर्माण जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने र राजधानी व्यवस्थापनको लागि संघीय सरकार र स्थानिय तहसँग निरन्तर समन्वय गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख शेरचनले प्रदेशको राजधानी व्यवस्थापनबाहेक लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिनावाङ, रामपुर कपुरकोट जीवराज आश्रित सडक, कृष्णसेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकास गरी कार्यान्वयन गरिने बताएका छन् ।

साथै, क्यान्सर तथा मुटुरागीलाई २ लाख दिइने नयाँ योजना समेत प्रदेश सरकारले ल्याएको छ । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी गरिने तथा ओपीडी र जनरल बेड निःशुल्क गरिने कार्यक्रममा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर