काठमाडौं २५ जेठ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबिच कुटाकुट भएको छ । बुधबार आयोजना भएको धनुषाको स्थानीय निर्वाचन सम्बन्धी समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको हो ।
अध्यक्ष उपेन्द्र यादव अतिथि रहेको उक्त बैठकमा नामै किटेर केही नेताको अन्तर्घातका कारण जिल्लाका विभिन्न पालिकामा हार व्यहोर्नु परेको आरोप लागेपछि नेताहरूबीच विवाद भएपछि कुटाकुटको अवस्था देखा परेको हो ।
सबैला नगरपालिकाका जसपा अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतको समूहले गरेको अन्तर्घातका कारण पराजय भोग्नु परेको आरोप लगाएपछि कुटाकुटको अवस्था आएको हो ।
अध्यक्ष उपेन्द्र यादव को निर्देशनमा कुटाकुट गर्नेलाई सभाबाट बाहिर निकालिएपछि बैठक शान्त भएको थियो । कुटाकुटबाट सिकिन्दर सिंह यादव, जितेन्द्र मुखिया र अवधकिशोर रविदासलाई सामान्य चोट लागेको बताइएको छ ।