काठमाडौं २५ जेठ । प्रदेश १ सरकारले आगामी वर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेशसभा १ को बैठकमा प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको निति कार्यक्रममा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा जोड दिने, प्रदेशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने, दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सधुार कार्यक्रम रहेको उल्लेख गरिएको छ ।